बिहीबार, चैत १५, २०८०

राजा बनाउने मेसिन !

अर्जुन पराजुली २०७९ पुष २७ गते ९:४५
कवि अर्जुन पराजुली

बा–आमाको पैसा सकेर
के पढ्नुभो हजुर तपाईले ?
जाबो एउटा ‘सरकारको अर्थ नि था’छैन्
सरकार भनेको
राजा बनाउने मेसिन हो महोदय,
देश बनाउने होइन !

नपत्याए
एउटा मान्छे लगेर
सरकारको बायाँ प्वालबाट भित्र छिराइदिनोस्,
एकछिनपछि
दायाँ प्वालबाट ऊ
राजा बनेर बाहिर निस्किन्छ !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया