आइतबार, वैशाख ३०, २०८१

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

नेपालखोज २०७९ पुष २७ गते ११:२८

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन भाउ घटेको छ । भने चाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ३ हजार २ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ३ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला १ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ ३० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा नै कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया