सोमबार, वैशाख २४, २०८१

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहमाथि जुत्ता प्रहार

नेपालखोज २०७९ पुष २७ गते १२:३६

काठमाडौं । पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा मंगलबार पञ्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ । यो घटना हुँदा सनाउल्लाह कारमा बसिरहेका थिए । उनका अनुसार अज्ञात व्यक्तिले जुत्ता प्रहार गरेको हो । त्यसबेला राणा सनाउल्लाह पञ्जाब विधानसभा छोड्दै थिए ।

यसैबीच कसैले गाडीतर्फ जुत्ता हानेपछि सनाउल्लाहका चालकले गाडी केही बेर रोकेका थिए । यसअघि मंगलबार राणा सनाउल्लाह र प्रधानमन्त्री शाहबाज सरिफका विशेष सहयोगी अताउल्लाह तरारलाई पञ्जाब विधानसभामा प्रवेश गर्नबाट रोकिएको थियो। पञ्जाबमा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को सरकार छ। तर, नेकपा एमालेले यहाँ मुख्यमन्त्री बनाउन खोजिरहेको छ ।

सनाउल्लाहले प्रेस सम्मेलनमा दावी गरे कि सुरक्षा एजेन्सीहरूले पीएमएल-एन नेताहरुलाई सभामा जानबाट रोकेका थिए, तर उनीहरूले यो गैरकानूनी आदेशलाई मानेनन्।

पञ्जाबका मुख्यमन्त्री परवेज इलाहीको विश्वासको मतलाई लिएर पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) र पञ्जाबको गठबन्धन सरकारबीच विगत केही दिनदेखि विवाद चलिरहेको छ। यही कारणले गर्दा राणा सनाउल्लाह सभाको बैठकमा नेताहरुलाई भेट्न आएका थिए । -बीबीसी हिन्दी

प्रतिक्रिया