सोमबार, माघ २८, २०८१

कोरोनाको संक्रमणबाट जोगिन मिसावट भएको रक्सी पिउँदा इरानमा ३६ जनाको मृत्यु

नेपालखोज २०७६ फागुन २८ गते ७:२३

एजेन्सी । इरानमा कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै मिसावट भएको रक्सी पिउँदा ३६ जनाको मृत्यु भएको छ ।

Advertisement

इरानको सरकारी समाचार संस्था आइआरएनएका अनुसार देशको दक्षिण पश्चिममा पर्ने खुजिस्तान प्रान्तको अभाज शहरमा यो दुखद घटना भएको हो ।

कोरोना भाइरसबाट बचाउँछ भन्ने हल्लाकाबीच स्थानीय बासिन्दाहरुले उक्त रक्सी पिएको समाचारमा उल्लेख छ ।

यसरी रक्सी पिउँने मध्ये २७० जना उपचारका लागि अस्पतालमा भर्ना भएका छन् । मिसावटयुक्त रक्सी बेचेको आरोपमा सात जनालाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया