लुम्बिनीलाई नेपाल टी-२० लिगको उपाधि
नेपालखोज
२०७९ पुष २७ गते १५:३२

काठमाडौं । नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको लो स्कोरिङ खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी विजयी बनेको हो ।
लुम्बिनीको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । विराटनगरका लागि ओपनर अर्जुन साउदले ४० बलमा सर्वाधिक ३४ रन बनाए ।अर्का ओपनर गौरान्सु शर्मा ४ रनमा आउट भए ।
कप्तान रोहितकुमार पौडेल पहिलो बलमै आउट भए । हुसेन तलात ८ बलमा १३ रनमा रन आउट भए । पृथु बास्कोटाले २९ बल खेल्दै ३१ रन बनाए । बलिङमा लुम्बिनीका सागर ढकाल र हर्मित सिंहले समान २-२ विकेट लिए । विपुल शर्मा र किशोर महतोले १-१ विकेट लिए ।
सम्बन्धित
प्रतिक्रिया