आइतबार, वैशाख २३, २०८१

‘सोलेदार युक्रेनकै नियन्त्रणमा छ’

नेपालखोज २०७९ पुष २७ गते १६:०४

किएभ । युक्रेनले आफ्नो पूर्वी भूभाग सोलेदारमाथि शत्रुको नियन्त्रण नरहेको स्पष्ट गरेको छ । युक्रनका सैन्य अधिकारीहरूले रुसका भाडाका सिपाहीले सोलेदार कब्जा गरेको समाचार असत्य भएको बताएका हुन् ।

सोदेदार कब्जाले डोनबासमा आफ्नो प्रभाव बढाउन मार्ग प्रशस्त हुने रुसी दाबीलाई किएभले खण्डन गर्दै ‘सोलेदार युक्रेनी थियो, छ र सधैँ रहनेछ,’ युक्रेनी सेनाको रणनीतिक सञ्चार शाखाले बुधबार एक विज्ञप्तिमा भनेको छ । रुसी सञ्चारमाध्यमले सोलेदारमा लिइएको दाबी गरेका तस्विरहरू त्यहाँका नभई अन्यत्र खिचिएका युक्रेनी सेनाले बताएको छ ।

प्रतिक्रिया