शनिबार, असोज २६, २०८१

तीन ब्रोकर कम्पनीमाथि कारबाही, केयर रेटिङलाई स्पष्टीकरण

नेपालखोज २०७९ पुष २७ गते १६:४८

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ ब्रोकर कम्पनीलाई नगद जरिवाना कारबाही गरेको छ । केयर रेटिङ नेपाललाई स्पष्टीकरण मात्र सोधेको बोर्डले इम्पेरियल सेक्युरिटीज कम्पनी, सनी सेक्युरिटीज कम्पनी र त्रिशुल सेक्युरिटीजलाई जरिवानासहित कारबाही गरेको हो ।

इम्पेरियल सेक्यूरिटिज कम्पनीले त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेश नगरेको भन्दै ७५ हजार रुपैयाँ र सनी कम्पनीले तोकिएको समयमा प्रतिवेदन पेस नगरेको भन्दै १० हजार रुपैयाँ जरिवाना गराएको छ । यस्तै बोर्डले त्रिशुल सेक्युरिटीजलाई पनि त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेश नगरेकोमा ७५ हजार रुपैयाँ जरिवाना तराउने निर्णय गरेको छ ।

यसैगरी रेटिङ एजेन्सी केयर रेटिङ नेपाललाई नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिङ गरेको भन्दै ऐन २०६३ को दफा १०१ को ७ अनुसार हदैसम्मको कारबाही किन नगर्ने भनी जवाफ पेस बोर्डले स्पष्टीकरण सोधिएको छ ।

प्रतिक्रिया