अर्थ चलायमान बनाउन सहकारीको भूमिका महत्वपुर्ण : प्रदेश प्रमुख खापुङ

नेपालखोज २०७९ पुष २७ गते २०:२५

काठमाण्डौं । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले मुलुकको आर्थिक स्थिति चलायमान बनाउन सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरको आज विराटनगरमा आयोजित ११ औँ साधारणसभा एवं सम्मान कार्यक्रममा तीन जना उत्कृष्ट ऋणी र बचतकर्तालाई सम्मान गर्दै उनले सहकारीले सानासाना पूँजीको संरक्षण गरी बेरोजगारी समस्या समाधान एवं समाज विकास निर्माणमा टेवा पु¥याएको धारणा राखे । उनले सहकारी अनुगमन र नियमनबाट चल्ने सहकारीप्रति केही नकारात्मक सोच हट्ने विश्वास व्यक्त गरे ।

पत्रकारले समाचार सम्प्रेषण गर्दा सत्यतथ्य उजागर गर्दा समाजमा रहेका कुरीतिलाई हटाउन मद्दत पुग्ने प्रदेश प्रमुख खापुङले बताए । संस्थाका अध्यक्ष मोहनप्रसाद भण्डारी, नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष लीलाबल्लभ घिमिरे, मोरङ अध्यक्ष सञ्जीव खनाल र सहकारीका माधव अधिकारीले आगामी दिन पत्रकार सुरक्षाकोष स्थापना गर्ने र सञ्चारकर्मीको क्षमता वृद्धि गर्न क्रियाशील रहने बताए ।

प्रतिक्रिया