आइतबार, वैशाख ३०, २०८१

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

नेपालखोज २०७९ पुष २८ गते ११:२७

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ बढेको छ । भने चाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ ५ रुपैयाँले घटेकव छ । चाँदी आज प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा नै कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया