बिहीबार, वैशाख २०, २०८१

समुद्रमा कार खस्दा दक्षिण कोरियामा ४ जनाकाे मृत्यु

नेपालखोज २०७९ पुष २८ गते १३:३३

साेल । बिहीबार बिहान दक्षिण कोरियाको दक्षिणपूर्वमा एउटा कार समुद्रमा खस्दा चार जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीले प्रहरीलाई उद्धृत गर्दै जनाएको छ ।

यात्रुवाहक गाडी स्थानीय समयानुसार बिहान १०ः४८ मा देशको दक्षिणी टापु जिओजेबाट करिब १०० मिटर तल समुद्रमा खसेको थियो । दुर्घटनामा परी गाडीमा सवार चारै जना मृत फेला परेका थिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया