बिहीबार, वैशाख ६, २०८१

‘म सत्तामा आए पुँजीवादलाई समाप्त गर्छु, पुँजीलाई होइन’

नेपालखोज २०७८ असोज १६ गते १६:०९

आज महात्मा गान्धीको १५३औं जन्मजयन्ती । शान्ति र अहिंसाका पुजारी महात्मा गान्धीको सान्दर्भिकता अहिलेको संसारमा अझ बढेर गएको छ । त्यसैले पनि संसारका सबैजसो कुनामा उनका अनुयायी बढिरहेका छन् । महात्मा गान्धीको जन्मजयन्तीको यो अवसरमा हामी उनको स्मरण गर्दै उनको एउटा पुरानो अन्तर्वार्ताको अनुवाद प्रस्तुत गर्दै छौं । संसारभर अहिले विश्वव्यापी रुपमा हाबी पुजींवादलाई लिएरर बहस चलिरहेको छ । यो सन्दर्भमा महात्मा गान्धीले अन्तर्वार्तामा प्रस्तुत गरेको विचार सान्दर्भिक हुन सक्छ । महात्मा गान्धी १९३१ मा युरोप गएका थिए । आफ्नो लन्डन प्रवासका दौरान उनले पत्रकार चार्ल्स पेट्रासलाई एउटा अन्तर्वार्ता दिए । उक्त अन्तर्वार्ता मासिक पत्रिका लेबरमा प्रकाशित भएको थियो ।

के धनीहरुलाई आफ्नो परिश्रमले दुई छाक खाना जुटाउने साधारण मजदुर- किसानहरुको भन्दा रामो जीवन जिउने सामाजिक अधिकार छ ?

(केहि समय मौन रहेपछि …..) अहँ , अधिकार छैन्। मेरो सामाजिक मान्यताले भन्छ जन्मले सबै मानिस समान हुन्छन्, त्यसैले सबैले समान अवसर पाउनु पर्छ । तर सबै मानिसमा एक समान क्षमता हुँदैन्। प्राकृतिक रूपले यो सम्भव पनि छैन कि सबैको स्तर एक समान होस्। सबै मानिसको रंग, विवेक समान हुन सम्भव छैन् । यही कारणले प्राकृतिक रूपमै हामी मध्ये केही मानिस अरु मानसको तुलनामा बढि लाभ प्राप्त गर्न सक्षम हुन्छौं । जो अधिकको कामना गर्छन उनिहरु आफ्नो क्षमतालाई त्यसैमा लगाउँछन र लगातार प्रयास गर्छन । यदि उनिहरुले आफ्नो क्षमताको सबै भन्दा राम्रो प्रयोग गर्ने हो भने उनिहरुले मानिसहरुको कल्याणका लागि काम गरिरहेका हुनेछन् । यस हिसाबले उनिहरु एउटा “ट्रस्टी” का अतिरिक्त केही हुँदैनन् । म व्यक्तिलाई उसको बौद्धिकताको माध्यमबाट अधिक धन आर्जित गर्न दिने पक्षमा र राज्य उसको योग्यतामा बाधाका रुपमा खडा हुनु हुँदैन् । यद्यपि उसको बचतको ठुलो भाग मानिसहरुका बिचमा जानु पर्छ । ठीक त्यसरी नै जसरी बालबालिकाहरुलाई उनिहरुको परिवारबाट प्राप्त हुन्छ । धन कमाउनेहरु आफ्नो लाभको केवल ट्रस्टी हुन् । मलाई भलै यसमा निराशा हात लागोस्, तर म यो आदर्शमा दृढ छु । यसलाई मौलिक अधिकारको घोषणापत्र पनि मान्न सकिन्छ ।

यदि किसान तथा मजदुरहरुले राजाहरु, जमिनदारहरु, पूंजीपतिहरु विरुद्ध क्रान्ति गरे भने तपाईं कसको पक्ष लिनु हुन्छ ? यदि स्वतन्त्र भारतमा त्यस्तो क्रान्ति भयो भने तपाईंको दृष्टिकोण कस्तो रहला ?

मेरो कोशिस रहने छ कि, धनी र सम्पन्न वर्ग ट्रस्टीमा परिवर्तित हुन् । उनिहरुले आफुसँग धन त राख्न सक्छन् तर उनिहरुले ती मानिसहरुको कल्याणका लागि काम गर्नु पर्नेछ जसका कारण उनिहरुले त्यो सम्पत्ति आर्जित गरेका हुन्। उनिहरुले त्यसमा निश्चित “कमीशन” आफूसँग राख्न सक्छन् ।

महाराजा र जमिनदारहरु अंग्रेजहरुसँग मिलेका छन् तर तपाई उनिहरुलाई “ट्रस्टी” बनाउन चाहनु हुन्छ । तपाईको साचो अनुयायी आम जनता हुन जो महाराजा र जमिनदारहरुलाई आफ्नो दुश्मन मान्छन्। यदि आम जनताले सत्ता हासिल गरे र त्यो पूंजीपति वर्गलाई समाप्त गर्यो भने तपाईंको प्रतिक्रिया कस्तो रहनेछ ?

वर्तमान समयमा आमजनताले जमिनदार तथा राजा महाराजाहरुलाई आफ्नो दुश्मन मान्दैनन् । उनिहरुलाई उनिहरु प्रति के कस्ता गलत काम वा व्यबहार भएको छ बताउनु पर्छ तर म चाहन्न कि आमजनताले पूंजीपतिहरुलाई आफ्नो दुश्मनका रुपमा हेरुन्। म के भन्छु भने त्यस्तो विचार उनिहरु स्वयंका लागि नोक्सानदायक हुनेछ । मेरो मान्यता के हो भने खराब व्यवस्थालाई समाप्त गर्नु पर्छ, व्यक्तिलाई होईन् । यदि व्यक्ति खराब व्यवस्थाको सिकार छ भने पनि व्यवस्था बदलिएर उसलाई ठिक ठाउँमा ल्याउन सकिन्छ ।

रबीन्द्रनाथ टैगोर, बर्नाड शाहसहितका अन्य दार्शनिकहरुका अनुसार रूसमा भूस्वामी, पूंजीपति, साहूकार र सोवियत व्यवस्थाले जब सरकारको स्वरुप लिए त्यस पछि धेरै कम समयमा मानिसहरुको सामाजिक, आर्थिक तथा सांस्कृतिक परिस्थिति सुधारियो । क्रान्तिको समयमा रूस मुख्य रूपले कृषिमा आधारित थियो । सांस्कृतिक र धार्मिक दृष्टिले हेर्दा रुसको स्थिति ठिक त्यस्तै थियो, जस्तो आज भारतको छ । यसमा तपाईंको दृष्टिकोण के छ ?

पहलो कुरा त म अरुको आधारमा आफ्नो दृष्टिकोण बनाउँदिन् । त्यसैले म रूसको स्थितिको प्रशन्सा गर्न असमर्थ छु । त्यसका अतिरिक्त मलाई लाग्छ र सोवियत रुसका नेताहरु आफैं पनि भन्छन् कि सोवियत रुसको व्यवस्था तागतको बलमा स्थापित भएको हो । त्यसैले मलाई यसको सफलतामा ठुलो सन्देह छ । किनभने त्यो भन्दा ठुलो तागत आए पछि यो शक्ति आफैं विस्थापित हुन्छ ।

किसान-मजदूरहरुले आफ्नो भाग्य आफै तय गर्न सकुन भनेर तपाईंसँग के योजना छ ?

मेरो योजना त्यही हो, जसको व्याख्या कांग्रेसद्वारा गरिएको छ। मलाई लाग्छ यसबाट मजदूर तथा किसानहरुको स्थितिमा सुधार आउनेछ । त्यो स्थिति अहिलेसम्मको श्रेष्ठ स्थिति हुनेछ । म मजदुर-किसानहरुको अहिलेको स्थितिबाट विल्कुल सन्तुष्ट छैन्। मेरो तात्पर्य असामान्य पुर्नजागरणसँग छ । यसका कारण उनिहरुको क्षमता प्रभावित भयो र उनिहरुले अन्याय र शोषणलाई लगातार सहन गरिरहे ।

मेसिन भन्दा तपाईं के बुझ्नुहुन्छ ? के चर्खा मेसिन होइन ? के मेसिनको प्रयोगले कामदारहरुको शोषणलाई बढाउँदैन ?

चर्खा र यस्तै अन्य उपकरण स्पष्ट रुपमा मेसिन हुन् । यसबाट तपाईं मेसिनको मेरो परिभाषा बुझन सक्नुहुन्छ । म के मान्छु भने मेसिनको गलत प्रयोग नै संसारमा मजदुरहरुको शोषणको प्रमुख कारण हो ।

तपाईं शोषण समाप्त गर्ने कुरा गर्नु हुन्छ जुन पुँजीवादलाई समाप्त गरेपछि मात्र सम्भव छ । के तपाई पुँजीवादलाई निमिट्यान्न पार्न चाहनुहुन्छ ? यदि त्यस्तो हो भने के तपाईं पुँजीपतिहरुलाई उनीहरुको सम्पत्तिबाट वञ्चित गर्न चाहनुहुन्छ ?

यदि म सत्तामा आएँ भने निश्चित रुपमा पूंजीवादलाई समाप्त गर्नेछु तर म पूंजीलाई समाप्त गर्दिन र यो पूंजीपतिहरुलाई समाप्त नगरे मात्र सम्भव छ । म के मान्छु भने पूंजी र श्रमको सामनजस्यता सम्भव छ । केहि कुरामा मैले यसको सफलता देखेको छु र जुन कुरा एउटामा मामिलाले सत्य हुन्छ त्यो अरु मामिलामा पनि सत्य र सफल साबित हुन सक्छ । म पूंजीलाई खराब कुरा वा विषयका रुपमा हेर्दिन् न त मेसिनको व्यवस्था मै कुनै खराबी देख्छु ।

प्रतिक्रिया