लुम्बिनीमा मुख्यमन्त्री गिरी र दुई मन्त्रीले लिए शपथ
नेपालखोज
२०७९ पुष २८ गते १५:१७
काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका लिला गिरीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा शपथ खुवाएका हुन् ।
मुख्यमन्त्री सँगै अन्य दुई मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट बाँकेबाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र एमालेको तर्फबाट अर्घाखाँचीका प्रदेशसभा सदस्य चेतनारायण आचार्यले शपथ लिएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया