पाठक र न्यौपानेलाई ३ वर्ष कैद सजाय
नेपालखोज
२०७९ पुष २८ गते २०:०५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले भ्रष्टाचार गरेको ठहर गरेको छ । उनीहरुलाई विशेष अदालतले ३ वर्ष कैदको फैसला सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलासले पाठक र न्यौपानेलाई ३ वर्ष कैद तथा ३९ लाख जरिवानाको फैसला गरेको हो ।
कलेजको मुद्दा मिलाउन भनेर अख्तियारका तत्कालीन आयुक्त पाठकले न्यौपानेसँग घुस लिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया