आइतबार, जेठ ६, २०८१

याे साता २३ अर्ब ९१ करोड रुपैयाँको शेयर किनबेच

नेपालखोज २०७९ पुष २९ गते ११:५१

काठमाडौँ । यो साता नेप्से २१ सय ४९ दशमलव ३९ अंकमा पुगेर रोकिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ११ दशमलव २५ अंकमा पुगेर रोकिएको छ ।

दुई सय ५९ वटा कम्पनीहरुको सातामा तीन लाख ४३ हजार ८८ पटकको कारोबारमा छ करोड ४१ लाख चार हजार एक सय पाँच कित्ता शेयर खरिद–बिक्री भएको थियो । जसबाट यो साता कुल कारोबार रकम २३ अर्ब ९१ करोड छ लाख ८१ हजार एक सय ५८ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा चार अर्ब रुपैयाँले बढी हो ।

गत साता भने नेप्सेमा दुुई सय ६१ वटा कम्पनीहरुको दुई लाख ९३ हजार चार सय ९६ पटकको कारोबारमा चार करोड ८६ लाख ९० हजार छ सय १६ कित्ता शेयर किनबेच हुुंदा कुल कारोबार रकम १९ अर्ब ९७ लाख ३९ हजार सात सय ७२ रुपैंयाँ पुगेको थियो । यो साता नेप्से चार कार्य दिन मात्र खुल्ला रहेकोमा पहिलो र दोस्रो दिन बढेको नेप्से तेस्रो र पाँचौं दिन भने घटेको थियो । चौंथो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

जसमध्ये पहिलो दिन २० दशमलव ६८ अंकले बढेर दुई हजार एक दशमलव ६१ अंकमा पुगेको नेप्से अन्तिम कारोबार दिन भने ४१ दशमलव चार अंकले घटेर २१ सय ४९ दशमलव ३९ अंकमा सिमित हुन पुगेको थियो । यसैगरी पहिलो दिन चार सय ११ दशमलव २३ अंकमा स्थिर सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन सात दशमलव ८९ अंकले घटेर चार सय ११ दशमलव २५ खुम्चिन पुगेको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट, नेपाल टेलिकम आदि अगाडि परेकाछन भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नबिल बैंक आदि अगाडि परेकाछन । यसैगरी बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।

प्रतिक्रिया