गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

नेपालखोज २०७९ पुष २९ गते १६:४९

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । साठी सदस्यीय प्रदेशसभामा विश्वासको मतका पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो ।

मुख्यमन्त्री अधिकारीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा नेकपा (माले) का २१, माओवादीका आठ र राप्रपाका दुई सांसदले मतदान गरेका थिए थियो भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ सदस्यले विपक्षमा मतदान गरेका हुन् ।

एमालेबाटै निर्वाचित भएर सदनको अध्यक्षता गरेका मित्रलाल बस्यालले मतदान गरेका भने स्वतन्त्र सांसद राजीव गुरुङ बैठकमा अनुपस्थित भए ।

एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । अधिकारीले गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरे पछि मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया