बिहीबार, असोज २४, २०८१

आईसी एफसी फाइनान्सको १९ औं बार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७९ पुष २९ गते १९:२८

काठमाडौं । आइ.सि.एफ.सि.फाइनान्स लिमिटेडको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सले शुक्रबार काठमाडौंको कालिकास्थानस्थित अमृतभोगा पार्टी प्यालेसमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत अर्थात पाँच प्रतिशत नगद लाभाँश र पाँच प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८०को लागिबाय लेखापरीक्षकमाश्री एन.अमात्य एण्ड कं. चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ ।

चुक्ता पूँजी एक अर्ब १२ करोड ७१ लाख रुपैयाँ रहेको फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा तथा एउटा एक्सटेन्सन काउन्टर र २० वटा ए.टि.एम. मार्फत एक लाखभन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै १८ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरिसेको जानकारी दिएको छ ।

प्रतिक्रिया