शरीर बन्धक राखेर फिरौती रकम लिने तीन पाकिस्तानी नागरिक पक्राउ
काठमाण्डौं । अपहरण तथा शरीर बन्धक राखेर फिरौती रकम लिने तीन पाकिस्तानी नागरिकलाई काठमाण्डौंबाट पक्राउ गरिएको छ ।
क्यानडा जानका लागि नेपालबाट सजिलो छ भनेर नेपाल ल्याएका पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई बन्धक बनाइ राखेर क्यानडीयन इमिग्रेसनले रोकेको छ भन्दै खानको परिवारबाट २५ लाख ६६ हजार ६९७ नेपाली रुपैयाँ फिरौती असुल्ने तीन पाकिस्तानी नागरिकलाई पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा मुहम्मद रासिद, मुहम्मद आसिफ र मुहम्मद फिदा हुसैन रहेका छन् । उनीहरुले नेपालबाट क्यानडा जान सजिलो भएको भनि खानलाई भिजिट भिषामा पाकिस्तानबाट नेपाल ल्याएको र पुस २४ गते बायोमेट्रिक लगायतका प्रक्रिया मिलाउन भन्दै बुढानिलकण्ठ पु¥याएको र भाडाको घरमा बन्धक बनाइ राखेका थिए ।
खानका आफन्तलाई क्यानडाको फ्लाइट छ भनि ढाँटेर ३० घण्टापछि क्यानडा पुगेको र पैसा अभावमा इमिग्रेसनले रोकेको भन्दै फिरौती रकम लिएको प्रहरीले जनाएको छ । रकम पाएपछि पुस २६ गते राति पाकिस्तान फर्कनु भनि छाडेर फरार भएका तीन यूवाहरुलाई पीडित खानको निवेदनको आधारमा खोजी गर्दा बुढानिलकण्ठ ४ स्थित भाडाको घरबाट घटनामा प्रयोग गरिएको सामानसहित पक्राउ गरिएको थियो ।
उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा २११ ऋपहरण गर्न नहुने र २१२ शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्जमा पठाइएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी कृष्ण प्रसाद कोईरालाले जानकारी दिए ।
प्रतिक्रिया