बिहीबार, वैशाख २०, २०८१

इरान लेबनानमा पावर प्लान्टहरू पुनर्स्थापना गर्न तयार

नेपालखोज २०७९ पुष ३० गते ११:३९

बेरुत । भ्रमणमा रहेका इरानी विदेशमन्त्री होसेन अमीर-अब्दुल्लाहियानले आफ्नो देशले ऊर्जा उत्पादन गर्न मद्दत गर्नका निम्ति लेबनानको पावर प्लान्टहरूको पुनर्स्थापना गर्न मद्दत गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

‘हामी आधिकारिक रूपमा पुष्टि गर्न चाहन्छु लेबनानमा पावर प्लान्टहरू पुनर्स्थापना गर्न र लेबनानी सरकारसँग भएको सहमति अनुसार देशलाई ऊर्जा उत्पादन गर्न मद्दत गर्न नयाँ निर्माण गर्न पूर्ण रूपमा तयार छौँ,’ अमिर-अब्दुल्लाहियनले भने।

बेरुतमा आफ्ना लेबनानी समकक्षी अब्दुल्लाह बो हबीबसँग पत्रकार सम्मेलनमा उनले सो धारणा सार्वजनिक गरेका हुन् । साथै इरानी अधिकारीले लेबनानलाई ऊर्जा उत्पादनका लागि इन्धन उपलब्ध गराउन पनि तयार रहेको बताएका छन् ।

‘हामी लेबनानमा हुने सुरक्षा र विकास इरानको पनि सुरक्षा र विकासको एक हिस्सा हो भन्ने ठान्छौं,’ उनले भनेका छन् ।

प्रतिक्रिया