‘एभरेष्ट बेसक्याम्प जाने मन छ’

काठमाडाैं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले विद्यालय उमेरमा अधिकांश समय होस्टलमै बिताइन् । होस्टलको चौघेरामा बस्नुपर्ने बाध्यताले घुम्ने अवसर कमैमात्र जुर्यो । फिल्म ‘ड्रिम्स’बाट अभिनयमा पाइला चालेपछि मात्र साम्राज्ञीले नेपाल दिल खोलेर घुम्न पाइन । मनाङ र मुस्ताङबाट घुम्न सुरु भएको उनको यात्राले पहाड र तराई पनि छिचोलिसकेको छ ।
साम्राज्ञी फिल्मकै सुटिङका लागि मनाङ, मुस्ताङ, पोखरा, तिलिचो ताललगायतका स्थानमा पुगिसकेकी छन् । ‘मलाई अब एभरेष्ट बेसक्याम्प जाने मन छ । फिल्मको कामबाट फुर्सद पाउनासाथ जाने सोच बनाएकी छु । विश्वकै अग्लो स्थान भएकाले पनि त्यहाँ जीवनमा एकपटक पुग्न मन छ’, उनी भन्छिन्, ‘म नेपालमै जन्मेर त्यहाँ पुगेको छैन । तर त्यहाँ पुग्नकै लागि विश्वबाट मान्छे आउँछन् । सायद उनीहरू आएको देखेर पनि हो कि मलाई त्यहाँ जाने लोभ एकदमै छ ।’
साम्राज्ञीले विदेशको हकमा जापान, लण्डन, अष्ट्रेलिया र फिलिपिन्स घुमिसकेकी छन् । शुक्रबारबाट हलमा प्रदर्शनरत फिल्म ‘तिम्रो मेरो साथ’को प्रिमियरका लागि उनी अमेरिका जाने तयारीमा छिन् । यसबाहेक अमेरिकामै हुन लागेको नेफ्टा अवार्डमा पनि उनी उपस्थिति जनाउँदैछिन् ।
साम्राज्ञीलाई इटाली र ग्रीस एकदमै जान मन लागेको देश हो । ‘ग्रीस इतिहासले गर्दा घुम्न जान मन लागेको ठाउँ हो । ग्रीसको इतिहासका बारेमा स्कुल र कलेजमा पढेकी छु । त्यसबारे थप अध्ययन गर्न पनि मलाई त्यहाँ पुग्न मन छ’, साम्राज्ञी खुल्छिन्, ‘इटाली चाहिँ आफैंमा कलरफूल देश हो । यो देश ब्राइट, रोमान्टिक र फिल्मी शैलीको लाग्छ । त्यसकारण यहाँ पनि पुग्ने मन छ ।’
घुमन्ते बानीले आफ्नो जीवनमा केही परिवर्तन आएको अनुभव साम्राज्ञीमा छ । दिमागमा कुनै कुरा नराखी घुम्नाले पनि आफू समाज र स्थानीयसँग घुलमिल भएको उनको दाबी छ । ‘म केही सीमा निर्धारण नगरी घुम्छु । किनकी सीमा निर्धारण गर्दा नयाँ कुरा हेर्न पाइदैन ।
प्रतिक्रिया