घनश्याम भुसाल नेकपा एसको सचिवालय सदस्यमा मनोनित
नेपालखोज
२०७९ पुष ३० गते १३:१२

काठमाडौं । घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित भएका छन् ।
पार्टी कार्यालय तीनकुनेमा शनिबार बसेको समाजवादीको सचिवालय बैठकले भूसाललाई पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित गर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए ।
बैठकमा भूसाललाई जिम्मेवारी दिने एक मात्र एजेण्डामा छलफल भएको र सचिवालय सदस्यको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको भुसालले बताए ।
कम्युनिष्ट नेता भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया