शनिबार, असार १४, २०८२

माधव नेपाल र रामचन्द्र पौडेलबीच छलफल

नेपालखोज २०७९ पुष ३० गते १३:१८

काठमाडाैं । नेपाली कांग्रेसले आगामी हुने राष्ट्रपतिको निर्वाचनलाई केन्द्रमा राखेर राजनीतिकदलहरुसँग परामर्श सुरु गरेको छ ।

कांग्रेसले राष्ट्रपतिको उम्मेदवा कसलाई बनाउने भन्ने निर्णय नगरेपनि नेता रामचन्द्र पौडेल आकांक्षी देखिएका छन् । यसै क्रममा उनले शनिबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता गरी छलफल गरेका छन् ।

शनिबार नेता नेपाललाई भेट्न पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका थिए । दुई नेताबीच करिब आघा घण्टा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । कांग्रेस नेताहरुले राष्ट्रपति चुनावलाई लक्षित गर्दै राजनीतिक भेटघाट बढाएका छन् । राष्ट्रपति चुनावलाई लक्षित गरेर प्रधामन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएको पनि नेताहरुले खुलाएका छन् ।

एकीकृत समाजवादीसँग पनि प्रतिनिधिसभाको सभामुख र राष्ट्रपति निर्वाचनको विषयमा नेता पौडेलले छलफल गरेको हुन । नेपाली कांग्रेसमा अहिले राष्ट्रपतिका लागि पौडेल र अर्का नेता कृष्णाप्रसाद सिटौला देखिएपनि राष्ट्रपतिको खास उम्मेदवार भने सभापति शेरबहादुर देउवा आफै हुने बुझिएको छ ।

देउवाले आफु राष्ट्रपतिमा जाने अरु दलका समकक्षी नेताहरुलाई जानकारी गराइ सकेका छन् । यो पटक राष्ट्रपतिमा कांग्रेसका सभापति देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया