गृहमन्त्री लामिछानेले भेटे निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनरत अधिकारकर्मी
नेपालखोज
२०७९ पुष ३० गते १५:२१

काठमाडौं । निर्मला कुर्मीको न्यायको माग गर्दै माइतीघरमा धर्ना दिइरहेका अधिकारकर्मीलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भेट गरेका छन् ।
बाँकेकी निर्मला कुर्मी बेपत्ता भएको घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै अधिकारकर्मीको टोलीले माइतीघरमा धर्ना जारी राखेका छन् ।
उनीहरुले निर्मला कुर्मीको बेपत्ता भएको घटनामा कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी दोषी रहेको आरोप लगाएका छन् । आरोपित कुर्मीमाथि अनुसन्धान गर्न माग राखिएको छ ।
यसअघि गृहमन्त्री लामिछानेले अधिकारकर्मीलाई आन्दोलन फिर्ता लिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया