चाैबीस घण्टामा पाँच जनामा कोरोना संक्रमण
नेपालखोज
२०७९ पुष ३० गते १५:३६

काठमाडौं । नेपालमा पछिल्लाे चाैबीस घण्टामा पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५४६ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा पाँचजनामा संक्रमण देखिएको हो । यो अवधिमा एन्टिजेन विधिबाट परीक्षण गरिएका ६८३ नमुनामा भने संक्रमण पुष्टि भएकाे छैन ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २० जनाको मृत्यु भएको छ । यो अवधिमा देशभर चारजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८९ हजार दुई पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया