शनिबार, वैशाख १५, २०८१

कर्णालीको सभामुख उम्मेद्वार एमालेले नन्दा गुरुङलाई अघि सार्‍याे

नेपालखोज २०७९ पुष ३० गते १६:०६

काठमाडाैं । कर्णालीमा नेकपा एमालेले सभामुखका लागि नन्दा गुरुङलाई अघि सारेको छ । एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले सभामुखका लागि गुरुङको नाम टुंगिएको र शनिबार दिउँसो ४ बजे उम्मेद्वारी दर्ता गर्ने तयारी रहेको बताए ।

गुरुङ सुर्खेतबाट समानुपातिक सांसद हुन् । सुर्खेतकी गुरुङ समानुपातिक सांसद हुँन् । सत्तारुढ दलको भागबन्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको छ भने उप-सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।

प्रतिक्रिया