‘प्रचण्ड नेतृत्वको सरकारले सकारात्मक रूपमा हेर्ने विश्वास लिएकाे छु’
नेपालखोज
२०७९ पुष ३० गते १८:२९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सकारात्मक रूपमा हेर्ने विश्वास लिएकाे बताएका छन् ।
पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले सरकारलाई आफूहरूले पनि समर्थन गरेको बताए ।
उनले भने, ‘अहिले प्रचण्ड नेतृत्वको सरकार छ । आशा गरौँ अब उहाँले सकारात्मक रूपमा लिनुहुनेछ। उहाँलाई डर के छ भने माधव नेपालको जिल्लाबाट भनेर टेलिफोन या आकाशवाणी आउला । त्यसले उनी डराउनुहोला। हेरौँ प्रचण्डजीको हिम्मत कतिको छ। उहाँ कतिचाहिँ निष्पक्ष ढंगले निर्णय गर्नुहुन्छ। यो सरकारमा हामीले पनि समर्थन गरेका छौँ।’
सम्बन्धित

प्रतिक्रिया