बिहीबार, वैशाख १३, २०८१

सुदूरपश्चिम प्रदेशसभामा आज पनि हुन सकेन सभामुख चयन

नेपालखोज २०७९ पुष ३० गते २०:२३

काठमाडाैं । सुदूरपश्चिम प्रदेशसभामा शनिबार पनि सभामुख चयन हुन सकेन । नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद तटस्थ रहेपछि सभामुखका उम्मेद्वार माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारी र  कांग्रेस सांसद मानबहादुर रावलले निर्वाचित हुनका लागि आवश्यक ५१ प्रतिशत मत पाउन नसकेका हुन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमत पाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादी ४ राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् ।

प्रतिक्रिया