बिहीबार, वैशाख १३, २०८१

वसन्त बने गीतकार संघको अध्यक्ष

नेपालखोज २०७९ पुष ३० गते २२:१५

काठमाण्डौं । गीतकार संघ नेपालको अध्यक्षमा गीतकार वसन्त वित्यासी थापा निर्वाचित भएका छन् ।

आज राजधानीमा सम्पन्न छैटौं अधिवेशनबाट थापाको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा रमेश कोईराला, महासचिवमा टिका राई (शिव), सचिवमा शितल कादम्बिनी र कोषाध्यक्षमा चेतन खतिवडा चयन भएका छन् ।

सदस्यहरुमा कमल पौडेल, जीवन मुकारुङ, सुरेन्द्र थपलिया, राधा पाण्डे गिरी, तिब्बत बहादुर दर्लामी र भगवती रोक्का (भूमिका) चयन भएका छन् । संघ गीतकारहरुको हक हितका लागि स्थापना गरिएको संस्था हो ।

प्रतिक्रिया