नेपालखोज दिनभरी : खबर सारांश
आगलागीबाट धनकुटामा ४९ लाख बराबरको धनमाल क्षति
प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरे सम्पादकहरुँग छलफल, मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या नरहेको भनाइ ।
गृहमन्त्री रवि लामिछानेले भेटे निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनरत अधिकारकर्मी, पीडितलाई न्याय दिलाएरै छाड्ने ।
१८ दिन देखि बेपत्ता भएका डडेल्धुराका ८ वर्षीय बालक भरत बोहराको शव फेला, शङ्कास्पद स्थल खनेर उत्खनन ।
गण्डकी प्रदेशका सभामुखमा कृष्णप्रसाद धिताल निर्वाचित, आजै शपथ गरे ।
प्रदेश नं १ की उपसभामुख सिर्जना दनुवार निर्वाचित, आजै सपथ र पदभार ग्रहण ।
सुदूरपश्चिम प्रदेशसभामा हुन सकेन सभामुख चयन, नागरिक उन्मुक्ति पार्टीका ७ सांसद तटस्थ ।
घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या, सुमेरु अस्पतालमा उपचार हुँदै ।
फ्रान्सका बर्नार्ड अर्नाल्ट विश्वका धनीहरुको सूचीको पहिलो स्थानमा, टेस्लाका सीईओ एलोन मस्क दोस्रो ।
अमेरिकाको अलाबामा राज्यमा बिहीबार आएको आँधीमा परी नौ जनाको मृत्यु ।
शरीर बन्धक राखेर फिरौती रकम लिने तीन पाकिस्तानी नागरिक काठमाण्डौंमा पक्राउ ।
प्रतिक्रिया