यस्तो छ आजको मौसम पूर्वानुमान
नेपालखोज
२०७९ माघ १ गते ७:०८

काठमाडाैं । हाल (आइतबार बिहान) देशका प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराइ क्षेत्रमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश नं १, मधेस प्रदेशलगायत बागमती प्रदेशको पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
बुलेटिनअनुसार राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।
सम्बन्धित

प्रतिक्रिया