सकियो शान्ति समाजको राष्ट्रिय परिषद् बैठक

काठमाण्डौं । नयाँ कार्य समिति चयन गर्दै मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक सम्पन्न भएको छ । शान्ति समाजको पुस ३० गते नवलपरासी पश्चिमको भूमहीमा सम्पन्न बैठकले केन्द्रीय कार्यसमितिको सभापतिमा रामकृष्ण बराल (काठमाण्डौँ) र वरिष्ठ उपसभापतिमा कृष्णबहादुर रावल (पाल्पा) निर्वाचित भएका छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको निर्वाचनमा उपसभापतिमा राजेन्द्र पौडेल (चितवन) र उपसभापति महिलातर्फ पुष्पा मल्ल (सुर्खेर्त) निर्विरोध निर्वाचित भएका छन् ।
महासचिवमा काठमाण्डौका रेनुका पौडेल, कोषाध्यक्षमा काठमाण्डौकै किरण ढकाल, प्रदेश १ सचिवमा लक्ष्मीनारायण मिश्र (तेह्रथुम), मधेश प्रदेश सचिवमा अमरबहादुर गौतम (पर्सा), वाग्मती प्रदेश सचिवमा चन्द्रमणी बञ्जारा (ललितपुर), गण्डकी प्रदेश सचिवमा सिताराम तिवारी (गोरखा), लुम्बिनि प्रदेश सचिवमा सन्तोष अधिकारी क्षेत्री (नवलपरासी पश्चिम), कर्णाली प्रदेश सचिवमा प्रकाश शाही (सुर्खेत), सुदुरपश्चिम प्रदेश सचिवमा भक्तबहादुर विश्वकर्मा (कैलाली), सचिव आदिवासी/जनजाती रामप्रसाद जोशी (नुवाकोट), सचिव मधेशीमा सन्तोष कुमार रौनियार (सुनसरी), सचिव दलितमा निर्मल नेपाली (दाङ) र सचिव महिलातर्फ मीना ढकाल (रुपन्देही) निर्विरोध निर्वाचित भएका छन् ।
४ जना महिला सदस्यमा नम्रता खरेल (काठमाण्डौ), फूलमाँया सुनार (रुपन्देही), जानुका अधिकारी (नुवाकोट), मिरादेवी अधिकारी (बारा) र सदस्य खुलातर्फ ६ पदमा धनपति खनाल (डि.पी) (रुपन्देही), ज्ञानेन्द्र निरौला (झापा), तुलसीराम सुनार (दाङ), विनोद अधिकारी (चितवन), दिल्लीप्रसाद जैसी (सल्यान) र देवराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित सबै पदाधिकारी/सदस्यहरुलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले शनिबार आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया