दश वर्षमा एक दर्जन दुर्घटना
काठमाडाैं । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा यती एयरलाइन्सको 9एन–एएनसी एटिआर–७२ जहाज दुर्घटनामा पर्नु अघि १० वर्षको अवधिमा नेपालमा एक दर्जनभन्दा बढि हवाई दुर्घटना भइसकेका छन् । यसअघि नेपालमा भएका विमान दुर्घटनामा सर्सरर्ति नजर लगाऔं ।
मे २०२२ : नेपाली वायुसेवा कम्पनी तारा एयरद्वारा सञ्चालित विमान 9N-AET मा सवार सबै २२ जनाको मृत्यु भएको थियो जसमा १६ नेपाली, चार भारतीय र दुई जर्मन नागरिक थिए ।
अप्रिल २०१९ : सोलोखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा भएको विमान दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो ।
फेब्रुअरी २०१९ : ताप्लेजुङको पाथीभरा नजिकै हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीको पनि मृत्यु भएको थियो ।
सेप्टेम्बर २०१८ : गोरखाबाट काठमाडौं गइरहेको हेलिकाेप्टर जंगलमा दुर्घटना हुँदा जापानी नागरिकसहित ६ जनाको मृत्यु भएको थियो ।
मार्च २०१८ : यूएस-बंगला एयरलाइन्सको विमान काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भयो , जसमा ५१ जनाको मृत्यु भएको थियो ।
फेब्रुअरी २०१६ : पोखराबाट जोमसोम गैरहेको विमान दुर्घटनाग्रस्त भयो । उक्त घटनामा सबै २३ यात्रुको मृत्यु भएको थियो । खराब मौसमका कारण यो दुर्घटना भएको थियो ।
मे २०१५ : भूकम्पपछि राहत र उद्धार कार्यमा संलग्न अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनामा परेर ६ अमेरिकी सैनिक , नेपाली सेनाका दुई अधिकृत तथा पाँच सर्वसाधारणको मृत्यु भएको थियो ।
जुन २०१५ : सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । मार्च २०१५ : कुहिरोका कारण टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लियो । यो दुर्घटनामा सबै यात्रु सकुशल रहे ।
फेब्रुअरी २०१४ : पोखराबाट जुम्लाका लागि उडेको नेपाल एयरलाइन्सको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको थियो ।
सेप्टेम्बर २०१२ : काठमाडौंबाट लुक्लाका लागि उडेको सीता एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो ।
२०१२ मे : पोखराबाट जोमसोमका लागि उडेको अग्नि एयरको विमान जोमसोम विमानस्थलमा दुर्घटनाग्रस्त भयो । त्यो दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।
१९९२ मा थाई एयरवेजको विमान दुर्घटना हुँदा ११३ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया