हेर्नुस, आजको विनिमयदर

नेपालखोज २०७९ माघ २ गते ९:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (साेमबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३० रुपैयाँ ४३ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ६१ पैसा र बिक्रीदर १४१ रुपैयाँ २६ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ५२ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर १५ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ २० पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ५७ पैसा रहेको छ भने, बिक्रीदर ३४ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया