शुक्रबार, असार १३, २०८२

विमान दुर्घटनाप्रति राप्रपाद्वारा दु:ख व्यक्त

नेपालखोज २०७९ माघ २ गते ९:४९

काठमाडाैं । आइतबार पोखरामा भएको विमान दुर्घटनाप्रति राष्ट्रिय प्रजापतन्त्र पार्टी (राप्रपा)ले दु:ख व्यक्त गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले वक्तव्य जारी गर्दै दु:ख व्यक्त तथा मृतकप्रति श्रद्धाञ्जली र आफन्तजनमा समवेदना व्यक्त गरेका छन् ।

अध्यक्ष लिङ्देनले नेपाली आकाशमा बारम्बार भइरहेको दुर्घटनाको कारणहरुको विस्तृत अध्ययन, अनुसन्धान गर्नुका साथै आगामी दिनमा दुर्घटना न्युनीकरणका उपाय अवलम्बन गर्न सरोकारवालालाई ध्यानाकर्षणसमेत गराएका छन् ।

प्रतिक्रिया