हुस्सु र कुहिरो लागेका कारण आन्तरिक तर्फका सबै विमानस्थलमा उडान प्रभावित
नेपालखोज
२०७९ माघ २ गते १०:०५

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं बाहेकका सबै आन्तरिक उडानहरु बन्द भएका छन् । मौसममा बदली आई बिहान हुस्सु र कुहिरो लागेका कारण आन्तरिक तर्फका सबै विमानस्थलमा उडान प्रभावित भएको हो । काठमाडौं विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कम भएका कारण उडान प्रभावित भएको छ ।
भिजिबिलिटी कम भएपछि काठमाडौंमा भने आएफआर प्रविधिबाट उडान सुरु भएको छ । यसले गर्दा अन्तर्राष्ट्रिय उडान-अवतरण भने रोकिएको छैन । काठमाडौंबाट पोखरामा उडान भरेको जहाज दुर्घटना भएसँगै उडान रद्द भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया