सोमबार, असार २३, २०८२

पोखरा विमान दुर्घटनामा ज्यान गुमाएका ३८ जनाको पहिचान

नेपालखोज २०७९ माघ २ गते १४:४६

काठमाडौं । आइतबार पोखरामा दुर्घटनामा परेको यती एयरलायन्सको विमानमा सवार यात्रुमध्ये ३८ जनाको शव पहिचान खुलेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले दिएको जानकारी अनुसार शव भेटिएको ६८ मध्ये ३८ जनाको पहिचान खुलेको छ । दुर्घटनाग्रस्त विमानमा चालक दलसहित ७२ जना सवार थिए । चार यात्रुको शव खोजी कार्य जारी छ ।

प्राधिकरणले विमान दुर्घटनामा परेका मृतक परिवारका सदस्य र आफन्तलाई खान, बस्नको लागि होटल लेकाली पोखरामा व्यवस्था गरेको छ ।

आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन–एएनसी एटिआर–७२–५०० वायुयान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।

प्रतिक्रिया