खिचडी महोत्सवमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु

नेपालखोज २०७९ माघ २ गते २०:४७

काठमाडाैं । कपिलवस्तु वाणगंगा नगरपालिकाको माघी तथा खिचडी महोत्सवमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

वाणगंगा वडा नं. ९ कपिलधाममा सञ्चालित महोत्सवमा बेलुनमा भर्ने ग्यास सिलिण्डर विष्फोट भएको स्थानीयले जनाएका छन् ।

विष्फोटमा परि बेलुन व्यापारी वाणगंगा नगरपालिका वडा नम्बर ८ सिसहनियाका ६५ वर्षीय नासिर मोहम्मदको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

प्रतिक्रिया