शनि अढैया र साढे सातको दशाबाट कसले पाउँदैछन् मुक्ति ?

वैदिक ज्योतिषमा शनिलाई सबैभन्दा ढिलो ग्रह मानिन्छ। शनि ग्रहले एउटा पारगमन गर्न करिब साढे दुई वर्ष लाग्छ। शनिलाई राजनीति, खनिज, जादू, तेल र रहस्य आदिको कारक मानिन्छ । भनिन्छ शनिको कृपा बिना कुनै पनि व्यक्तिले उच्च पद प्राप्त गर्न सक्दैन । शनि आज माघ ३ गते मंगलबार ( जनवरी १७ , २०२३ ) देखि आफ्नै राशि कुम्भ राशिमा प्रवेश गर्दैछन । शनि कुम्भ राशिमा प्रवेश गर्ने भएकाले धेरै राशिले साढे सात र शनि अढैयाबाट मुक्ति पाउनेछन् भने केही राशिमा यसको सुरुवात हुनेछ ।
शनि अब मकर राशिमा गोचर गर्दैछन । शनि मकर राशिमा हुने भएकाले मिथुन र तुला राशिका मानिसहरु प्रभावित हुनेछन् भने कुम्भ, धनु र मकर राशिका मानिसहरुमा शनि सतीको प्रभाव रहनेछ । मिथुन र तुला राशिका व्यक्तिहरूले शनि कुम्भ राशिमा प्रवेश गर्दा शनि अढैयाबाट मुक्ति पाउनेछन । धनु राशीका व्यक्तिबाट शनिको साढे सात वर्षको योग हट्नेछ। यी राशिमा साढे सात शनिको दशा सुरु हुनेछ : माघ ३ मा कर्कट र वृश्चिक राशिमा शनि अढैयाको सुरुवात हुनेछ।
यस बाहेक मकर राशिका लागि शनि साढे सातको अन्तिम चरण, कुम्भ राशिका लागि दोस्रो चरण र मीन राशिका लागि अन्तिम चरण सुरु हुनेछ । साढे सात शनिका लागि उपाय : धार्मिक मान्यता अनुसार हनुमानजीको पूजा गर्नाले शनिदेव प्रसन्न हुन्छन् । हनुमानजीको पूजा गर्नाले शनिदेवको पापबाट मुक्ति मिल्छ। शनि मन्त्रको जप गर्नु लाभदायक हुन्छ।शनिबारको दिन शनिदेवसँग सम्बन्धित वस्तु दान गर्नु पनि फाइदाजनक हुन्छ । शनिदेवलाई प्रसन्न राख्न पिपलको रुखमा पानी चढाएर तोरीको तेलको दियो बाल्नु पर्छ ।
बिशेष सावधानी : माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।
प्रतिक्रिया