सोमबार, असार २३, २०८२

मधेशमा सभामुखको निर्वाचन आज

नेपालखोज २०७९ माघ ३ गते ९:१७

काठमाण्डौं । मधेश प्रदेश सभामा आज सभामुख चयनका लागि निर्वाचन हुँदैछ । दिउँसो १ बजे बोलाइएको बैठकमा सभामुखको लागि मतदान र नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सोमबार नै सभामुखको निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यतालिका थियो तर पोखरामा भएको विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय शोकको बिदा घोषणा गरिएपछि बैठक स्थगित गरेको थियो । सभामुखको लागि सत्ता गठबन्धन घटक नेकपा एमालेबाट रामचन्द्र मण्डल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट जंगीलाल राय उम्मेदवार छन् ।

प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९÷९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक÷एक जना सांसद छन् । पाँचजना स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया