राप्रपा लिङदेनको नेतृत्वमा सरकारमा जाने

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने भएको छ । लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्नेछन् ।
राप्रपाले पाएको सहरी विकास मन्त्रीमा उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई पठाउने तयारी छ । युवा तथा खेलकूद वा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हुनेछ । यीमध्ये एक मन्त्रालय पाउने र त्यसमा को मन्त्री पठाउने राप्रपाले आज मात्रै निर्णय गर्ने छ ।
धवलशम्शेर जबरा वा बिक्रम पाण्डे एक जना मन्त्री हुने सम्भावना बढेको स्रोतले बताएको छ । राप्रपाले प्रत्यक्ष चुनाव जितेकाहरूलाई मन्त्री बनाउने तयारी गरेको हो । दिपकबहादुर सिंहलाई सहरी विकास राज्यमन्त्री बनाउने तयारी गरिएको छ ।
प्रतिनिधि सभामा राप्रपाबाट १४ जना सांसद छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो १ बजे मन्त्रिपरिषद विस्तार गर्दैछन् ।
प्रतिक्रिया