सुनचाँदीकाे मूल्य सामान्य घट्याे
नेपालखोज
२०७९ माघ ३ गते ११:०६

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीकाे भाउ घटेकाे छ । छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ५ हजार १ सय रुपैयाँ कायम भएको छ । साेमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ पनि १ सय रुपैयाँले घटेकाे छ । तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको भाउ १० रुपैयाँले घटेकाे छ । चाँदी आज प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साेमबार चाँदी प्रतितोला १३४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित

प्रतिक्रिया