आइतबार, मंसिर २८, २०८२

यमनको अर्थतन्त्रमा सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

नेपालखोज २०७९ माघ ३ गते १३:३२

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले यमनको अर्थतन्त्रमा सहयोग पुर्‍याउन सबै विदेशी दाता तथा राष्ट्रहरुसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघीय सहायता सम्बन्धी संयोजक तथा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव मार्टिन ग्रिफिथले सो आग्रह गरेको हो।

उनले सोमबार विश्वका देशहरुलाई सो आग्रह गरेको समाचारमा जनाइएको छ । उनले भने, ‘म विश्व समुदायलाई हाल यमनको अर्थतन्त्रको प्रवर्द्धनका लागि गरिरहेको सहयोगमा कम्तीमा पनि दोब्बर गर्नका लागि आग्रह गर्दछु ।’

युद्धग्रस्त यस देशको अर्थतन्त्र प्रतिदिन निकै कमजोर हुदै गएकाले यसका लागि सहयोग गर्न उनले यो आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको सोमबारको बैठकमा उनले यो आग्रह गरेको बताएका छन् ।

यस सन् २०२३ यमनका लागि निकै कठिन वर्ष हुन सक्ने खतरा रहेको पनि उनले बताएका छन् । यहाँको अर्थतन्त्र कमजोर हुदै गएकाले यो वर्ष यमनका लागि खतरा हुनसक्ने उनको भनाई छ ।

यहाँ मानवीय सहायताको खाँचो झन् बढ्दै गएको देखिएको र सन् २०२३ मा मात्र २ करोड १६ लाख नागरिकलाई यसको खाँचो पर्न जाने पनि उनले बताएका थिए ।

प्रतिक्रिया