आइतबार, असार २२, २०८२

परराष्ट्रमन्त्रीका तीन प्राथमिकता

नेपालखोज २०७९ माघ ३ गते १४:३८

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले तीन प्राथमिकता बताएकी छिन् ।

सपथलगत्तै पदभार ग्रहण गरेकी राईले पत्रकारहरुसँग कुरा गदै पौडेलले परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छन् ।

उनले विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य आफ्नो दोस्रो प्राथमिकता रहने बताइन् । नेपालका विभिन्न देशमा रहेका राजदूतावासहरुमा नेपालीहरुको सहस पहुँच बनाउने तेस्रो प्राथमिकता रहेको मन्त्री राईले बताइन् ।

मन्त्री पौडेलले आफू आउनासाथ सबै नीति फेर्नेतिर नलाग्ने पनि बताइन् । उनले असंलग्न परराष्ट्रनीति अनुसार अघि बढ्ने उल्लेख गरिन् ।

प्रतिक्रिया