यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन (विज्ञप्तीसहित)

नेपालखोज २०७९ माघ ३ गते १५:२३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । यो विस्तारसँगै मन्त्रिपरिषद २३ सदस्यीय पुगेको छ । अब मन्त्रिपरिषदमा नेकपा एमालेबाट ८ जना, नेकपा माओवादी केन्द्रबाट ६, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना राप्रपाबाट ४ जना र जनमत पार्टीबाट १ जना रहेका छन् ।

नेकपा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल, कृषि तथा पशुपंक्षी विकास मन्त्रीमा ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा राजेन्द्रकुमार राई, परराष्ट्र मन्त्रीमा डा। विमला राई पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पदम गिरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा भगवती चौधरी र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती रहेका छन् ।

प्रतिक्रिया