आइतबार, असार २२, २०८२

संशोधित व्याजदरको जानकारी सात दिन भित्र दिन राष्ट्र बैंकको निर्देशन

नेपालखोज २०७९ माघ ३ गते १७:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले संशोधित व्याजदरको जानकारी सात दिन भित्र दिन बैंक तथा फाईनान्स कम्पनीहरुलाई निर्देशन दिएको छ ।

मंगलबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनी एवं पुर्वाधार बिकास बैंकको नाउँमा छुट्टाछुैरुपमा परिपत्र जारी गर्दे राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

निर्देशन अनुसार पुर्वाधार बिकास बैंकले ब्याजदर संशोधन गरेको ७ दिनभित्र निक्षेप तथा कर्जाको ब्याजदर सम्बन्धी विवरण राष्ट्र बैंकको सुपरिवेक्षकीय सुचना प्रणाली रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नुपर्ने छ ।

यसैगरी इजाजतपत्रप्राप्त संस्थाले महानगरपालिका र उप महानगरपालिकामा शाखा कार्यालय खोल्न राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्नेछ भने शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टर खोल्दा कारोबार शुरु गरेकै दिन उक्त शाखा तथा एक्सटेन्सन काउन्टर सम्बन्धी विवरण राष्ट्र बैंकको रिपोर्टिङ पोर्टलमा र सुपरिवेक्षकीय सुचना प्रणाली रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नु पर्नेछ ।

राष्ट्र बैंकका अनुसार दैनिक तरलता विवरण अर्को कार्यदिनको मध्याह्न १२ः०० बजेसम्म र अन्तर–बैंक कारोबारको विवरण कारोबार सम्पन्न गर्नासाथ सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस रिपोर्टिङ पोर्टल) मार्फत यस बैंकमा पठाउनु पर्नेछ । राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकमा पेश गर्नुपर्ने तथ्यांक तथा जानकारीहरु सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस रिपोर्टिङ पोर्टल) मा तोकिए बमोजिमका रिटर्नहरु तथा तथ्यांक र विवरणहरु निर्धारित समयावधिभित्र यस बैंक समक्ष पठाउनु पर्नेछ ।

यो व्यवस्था बमोजिम मिति २०७८ असार १ देखि राष्ट्र बैंकमा पेश गर्नुपर्ने रिर्टनहरु सुपरिवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमा समेत अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्नेछ । सम्बन्धी विवरण राष्ट्र बैंकको रिपोर्टिङ पोर्टलमा र सुपरिवेक्षकीय सुचना प्रणाली रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नु पर्नेछ । राष्ट्र बैंकको संचालक समितिबाट स्वीकृत कार्ययोजना बमोजिम सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस रिपोर्टिङ पोर्टल) कार्यान्वयनको लागि निर्देशन जारी गर्न आवश्यक देखिएको परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया