मन्त्रालय विभाजनमा जनमत पार्टीको असन्तुष्टि

काठमाडौं । जनमत पार्टीले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै खानेपानी मन्त्रीका रुपमा पदबहाली गर्न अस्वीकार गरेको छ । गत पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा विनाविभागीय मन्त्रीका रुपमा जनमत पार्टीका तर्फबाट अब्दुल खानले सपथ लिएका थिए ।
‘हाम्रो पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गरेको थियो’, उपाध्यक्षसमेत रहेका खानले भने, ‘सहमति विपरीत खानेपानी मन्त्रालयको जिम्मेवारी दिएपछि अस्वीकार गरिएको हो ।’
सत्तारुढ गठबन्धनले आफ्नो पार्टी अध्यक्षसँग सल्लाह र छलफल नगरी मन्त्रालय परिवर्तन गरिनु राम्रो नभएको र यसले मधेस क्षेत्रलाई नै बेवास्ता गरेको अनुभव भएपछि खानेपानी मन्त्रीका रुपमा पदबहाली नगरेको उनले स्पष्ट पारे । उपाध्यक्ष खानले मन्त्रालय फेरिएकाबारे सर्वदलीय बैठकमा कुरा उठाउने र जिम्मेवारी लिने वा नलिनेबारे पार्टीले निर्णय गर्ने बताए ।

प्रतिक्रिया