शुक्रबार, असार १३, २०८२

सभामुखमा उम्मेदवारी दिनेबारे कांग्रेसमा छलफल

नेपालखोज २०७९ माघ ४ गते ११:४४

काठमाडाैं । प्रतिनिधिसभाको सभामुख पदमा उम्मदेवारी दिने कि नदिने भन्ने विषयमा नेपाली कांग्रेसको पदाधिकारी तहम छलफल भयरहेको छ । कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसिरहेको छ ।

सभामुखमा आज उमेदवारी दर्ताको समय रहेको छ । सभामुखमा उमेदवारी दिने कि नदिने भन्ने विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो । सभामुखमा उम्मेदवारी दिँदा कसलाई उम्मेदवार बनाउने भन्नेबारे पनि यसै बैठकले निर्णय गर्नेछ ।

कांग्रेसमा अहिले सभामुखमा उमेदवारी दिने र नदिने दुवैथरीका मत रहेका छन् । सभामुखजस्तो पदमा विवाद नमिम्त्याउन सहमतिका साथ अघि बढ्नुपर्ने हुँदा नजित्ने अवस्थामा उमेदवारी दर्ता नगर्ने मत रहेको छ भने अर्को समूहले उमेदवारी कायमै राख्नुपर्ने बताउँदै आएको छ । सोही विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

प्रतिक्रिया