सन्दीप लामिछानेलाई छोड्ने आदेश बदर गर्न सर्वोच्च जाने उच्च सरकारी वकिलको तयारी

नेपालखोज २०७९ माघ ४ गते १४:१६

क्रिकेटर सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ । उच्च सरकारी वकिलको कार्यालय पाटनले बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई

उच्च अदालत पाटनले गएको बिहीबार लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो । उक्त आदेशले थुनामा राख्नैपर्ने पर्याप्त आधार नभएको भन्दै २० लाख धरौटीमा छोडिदिएको थियो । बिहीबारको आदेश औपचारिक रूपमा मंगलबारमात्र उच्च सरकारी वकिलको कार्यालय पाटनमा पुगेको थियो।

उनका अनुसार सर्वोच्च अदालतमा पठाउने निवेदन लेख्ने काम भइरहेको छ । उक्त आदेश कानुन र सर्वोच्चले गरेका व्याख्यासँग बाझिएको भन्दै सर्वोच्च जाने तयारी गरेको पाटन उच्च सरकारी वकिल स्रोतले जानकारी दियो ।

‘सन्दीप लामिछानेलाई छोड्ने उच्च अदालतको आदेश त्रुटीपूर्ण रहेको भन्दै सर्वोच्चमा निवेदन हाल्ने भन्ने लगभग टुंगो लागेको छ। हामी तयारी गरिरहेका छौं,’ स्रोतले भन्यो । उक्त आदेशमा थुन्नैपर्ने अवस्था नदेखेकाले लामिछानेलाई २० लाख धरौटीमा छोडिएको उल्लेख छ। त्यसैले थुनाको विकल्पमा उदार भएको पनि आदेशमा जनाइएको छ।

प्रतिक्रिया