महामन्त्री शर्मा भन्छन्- कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ
नेपालखोज
२०७९ माघ ४ गते १७:१६

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसद्वारा प्रस्तावित व्यक्ति राष्ट्रपति बन्ने दाबी गरेका छन् । बुधबार नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग शर्माले परिस्थितिमा बदलाव आइसकेको बताए ।
वर्तमान सत्तारुढ गठबन्धनबीच राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजोको सर्वदलीय बैठकमा संवैधानिक पदहरूमा सबै दलहरूबीच सहमति कायम गर्ने प्रस्ताव गरेका थिए । महामन्त्री शर्माले कुनै व्याख्या नगरी कांग्रेसद्वारा प्रस्तावित व्यक्ति राष्ट्रपति बन्ने बताएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया