‘मलाई राष्ट्रपति पदमा कुनै रुचि छैन’
नेपालखोज
२०७९ माघ ४ गते १८:३०

काठमाडाैं । डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्ना लागि नभएको बताएका छन् । मंगलबार मात्र बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका रुइतले बुधबार सञ्चारकर्मीहरुसँग सम्वाद गरेका थिए । त्यसक्रममा उनलाई राष्ट्रपति बनाउनुपर्छ भनेर सार्वसाधारणले दिएको प्रतिक्रियाबारे समेत प्रश्न आएको थियो ।
पत्रकार सम्मेलनमा डा. रुइतले भने, ‘राष्ट्रपति पद मेरा लागि बनेको होइन । मेरो आफ्नै एक्सपर्टिज छ । नेत्र उपचार सेवामा मेरो दायित्व अझै धेरै छ । म यहाँहरूलाई प्रष्ट पार्न चाहान्छु कि मलाई यसमा कुनै रुचि छैन ।’
उनले थपे, ‘म यही कारणले नै यति अगाडि आएको छु । सक्ने जति गर्ने हो । सक्नेभन्दा अरु काम म गर्दिनँ । अहिलेलाई यो कामभन्दा मैले गर्न सक्ने कामहरु धेरै छन् ।’
सम्बन्धित
प्रतिक्रिया