आइतबार, असार २२, २०८२

डाक्टरले नै गरे जीवित नवजात शिशुलाई मृत घोषणा

नेपालखोज २०७९ माघ ४ गते १८:४४

काठमाडाैं । विराटनगरस्थित कोसी अस्पतालमा जीवित एक नवजात शिशुलाई मृत घोषणा गरेपछि डाक्टरमाथि कुटपिट गरिएको छ । श्वासप्रश्वासमा समस्या भएपछि कोशी ल्याएको १८ दिनको जीवित नवजात शिशुलाई मृत घोषणा गर्ने डाक्टरमाथि कुटपिट भएको हाे ।

मोरङको जहदा गाउँपालिका वडा नम्बर ३ भात्तिगन्जकी उमा मुखियाको १८ दिने नवजात छोरीलाई जीवितै अवस्थामा मृत घोषणा गरेपछि आफन्तले कोसी अस्पताल विराटनगरका चिकित्सक आकाश यादवलाई कुटपिट गरेका हुन् । कुटपिटबाट यादवको टाउकोमा चोट लागेको छ । 

प्रतिक्रिया